रवि लामिछाने भारत प्रस्थान
158 पटक पढिएको
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्याल (डिपी) नयाँ दिल्ली प्रस्थान गरेका छन्।
उनीहरु २८ र २९ तारिक नेपाली मिति १४ र १५ गतेको नयाँ दिल्लीमा हुने नेपालीहरूको कार्यक्रम सम्बोधन गर्न भारत गएको रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताउनुभयो ।
उनीहरूको कार्यक्रम भारतमा रहेका शुभेच्छुकले आयोजना गरेको कार्यक्रम भएको रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले बताएको छ। शनिवार दिल्ली र आइतबार हैदराबादमा आयोजित हुने कार्यक्रममा उनीहरू सहभागी हुनेछन्। लामिछानेको अनुपस्थितिमा स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन्।