मेनुकाले अब मान्छेलाई चिन्न सक्ने

107 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । भारतमा चर्चा कमााइरहेकी नपाली गायिका मेनुका पौडेललाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्रदान गरेका छन् ।

इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त विशेष चस्मा प्रदान गरेका हुन् । रियालिटी शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन समेत गरिएको थियो ।

लता मंगेशकरको गीतमा पर्फम गरेपछि मेनुकालाई चस्मा उपहार दिन चिकित्सक आइडलको स्टेजमा पुगेका थिए । ती डाक्टरले मेनुकालाई ‘गिफ्ट अफ साइट’ भन्दै चस्मा प्रदान गरेका थिए ।

उक्त चस्मा लगाएपछि मेनुकाले रियाज गर्न सक्ने, एक्लै हिँड्डुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने सो अवसरमा बताएका थिए ।

डाक्टरले सबै जज् र अतिथिलाई मञ्चमा बोलाएर उक्त चस्माको डेमो प्रस्तुत गरेका थिए । सो चस्मा लगाएकी मेनुका अघि उभिएका जज कुमार सानुलाई एआई जडित चस्माले अंग्रेजी भाषामा ‘कुमार सानु अघि उभिएका छन्’ भनेर आवाज दिएको थियो ।