तामाङ समुदायको कथावस्तुमा आधारित नाटक ‘मासिन्या’ मण्डलामा

124 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । तामाङ समुदायको कथावस्तुमा आधारित नाटक ‘मासिन्या’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । गत बिहिबारदेखि नयाँबानेश्वर थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको ‘मासिन्या’ यहि २८ गतेसम्म संचालन हुने भएको छ । नाटकको कलाकार बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गरेका हुन् ।

राज्यसत्ताबाटै तामाङ समुदायले उत्पीडन भोग्दै आएको विषयलाई नाटकमा मूख्य रुपमा प्रस्तुत गरिएको छ । आफ्नै मौलिक कला, संस्कृति र परम्परामा बाँचिरहेको तामाङ समुदाय कसरी राणाकाल र निरंकुश राज्य व्यवस्थाका कारण उत्पीडनको दलदलमा पर्‍यो भन्ने यथार्थलाई नाटकमार्फत देखाउन खोजेको लेखकहरुको भनाइ छ ।

नाटकलाई लक्ष्मी रुम्बा, राबत र राजु स्याङ्तानले लेख्नुभएको छ। आफ्नै लयमा बाँचिरहेका तामाङहरु किन गाउँ, बस्ती छोडेर हिंड्न बाध्य छन् रु कसरी चरम उत्पीडनमा परिरहेका छन् ? भन्ने नाटकमा प्रस्तुत गरिएको छ ।

ताम्सालिङ संयुक्त संघर्ष समितिले निर्माण गरेको नाटक समतामूलक समाज निर्माणको लागि एक सिर्जनात्मक विद्रोह भएको जनाएको छ । नाटकमा विष्णु मोक्तान, रोहनी लामा, शीतल थोकर तामाङ, शुलभ पाण्डे, रमिला मोक्तान, अजय लामा, सानुमाया तामाङ लगायत १५ जना कलाकारको अभिनय छ ।