उदीयमान कवयित्री शशिको ‘प्रेमको बकपत्र’– भित्र डुबुल्किंदा !

1602 पटक पढिएको

सम्पादक: Dhadingnews.com

                           – बद्रीप्रसाद दाहाल – (अध्यक्ष— धादिङ सिर्जना प्रतिष्ठान )
शशि थापा पण्डित नेपाली सिर्जना आकाशकी उदीय–मान काव्यबिम्बकी चर्चित प्रतिभाको नाम हो । कविता , कथा र निबन्ध फॉटमा सुन्दर काव्यिक बाला झुला–उन उद्यत यिनको कलम पछिल्लो समयमा आएर सुकिलो यात्रातिर मार्च गर्दै छ । चार दर्जन गद्य कविताको स‘गालो ‘ प्रेमको बकपत्र ’ शशि थापा पण्डितद्वारा लिखित २०७० सालको पूर्वार्धको एक उत्कृष्ट सिर्जना हो । विभिन्न सामाजिक , साहित्यिक र सञ्चार क्षेत्रमा सदस्य , आजीवन सदस्य , सचिव , अध्यक्ष र संपादकको समेत पदीय दायित्व संहालेर प्रौढतातिरको शिखर चुम्न अभ्यस्त यिनको व्यक्तित्वले भावी समयको उज्यालो आशाको सङ्केत गरेको छ । नेपाली गद्य कविताका धर्मशाला बनेका भूपि शेरचनले यसको उचाइ उठाएपछि नेपालका नव— अभिनव सर्जकहरुले यो शैली वरण गर्न रुचाएका हुन् । विभिन्न काव्य संगोष्ठीहरुमा सकृय सहभागी हु‘दै शशिले पनि आफ्नो कविता लेखनलाई कसीमा ढालेर उत्साहपूर्वक अगाडि बढ्दैको वर्तमानले उनलाई भावी दिनमा नारी हस्ताक्षरको रुपमा स्थापित गर्ने पक्का भैसकेको छ ।
images (1)
कविता प्रतिभा र साधनाले नै सुकिलो हुन सक्छ । त्यसै भएर पाश्चात्य स्वच्छन्दतावादी कवि विलियम वर्ड वर्थले ‘ कविता प्रबल मनोवेगको सहज उच्छलन हो ’ भनेर यसमा सहज प्रतिभाको आमन्त्रणा गरेका हुन् । हाम्रा पूर्वीय काव्याचार्यहरुले पनि धेरै अघि भनिसकेका थिए ः—
‘ कविता वनिताचैव सरसा स्वयमागता । बलादाकृष्यमाणाचेत् सरसा विरसाथते ।।’
अर्थात् कविता र दुलही सरस तथा स्वाभाविक तरिकाले आफै आउने हुनुपर्छ , जब यी दुई तत्वलाई बलपूर्वक ल्याउने प्रयत्न हुन्छ तब त्यो काम सरसिलो हुनु सट्टा बिरसिलो हुन्छ ,सजिलोको ठाउ‘मा असजिलो महसूस हुन्छ । वास्तवमा यो भनाइले पनि कवितामा प्रतिभा र साधनालाई नै महनीय ठम्याएको छ । पाठक जगत्ले काव्यबाट जब भावनात्मक र वैचारिक उपचार पाउ‘छ , त्यही सामथ्र्यवान् अभिव्यक्ति कविता बन्न सक्छ । त्यसैले त यसका मर्मज्ञहरु मान्यता राख्दै बोल्छन् — ‘ जतिसुकै प्रतिभाशालीका लागि पनि शैली , शिल्प र प्रस्तुतिमा साधनाका उकाली ओराली पार नगरीकन अपेक्षित पूर्णता पाउन सकिन्न ।’ कवितामा त सुकोमल र सुललित पदावलीहरुको रजगज हुनुपर्छ । गद्य कवितामा लयलाई हयको –( घोडा ) जस्तै गति बनाउन अन्तर अनुप्रास र अन्त्यानुप्रासको दक्षतापूर्वक संयोजन गरेको हुनु पर्छ ।

पण्डितका कविताले प्रथम पुरुषलाई दृष्टिबिन्दु बनाएर प्रेमको सुधारसमा पाठकहरु मण्डित हुन सक्ने परिवेशको सिर्जना कलात्मक ढङ्गले अवदान गरेको छ । ‘ प्रेमको राजमार्ग ’ कविताका यी पङ्ति हेर्दा कुन पाठकको मनमस्तिष्कमा झङ्कार दिंदैन र ? —
‘ आयतन नाप्न नसक्ने प्रेम
मान्छेको छातीभित्र , परेड खेल्दै
ट्राफिकविहीन बाटोमा , लगामविहीन घोडा जस्तो
निस्फिक्री भएर सुस्ताउ‘छ , प्रेमको लामो राजमार्गमा ।। ’
‘लगामविहीन घोडा, ट्राफिकविहीन बाटा’े जस्ता उपमा अलङ्कारको आलोकमा कति चोटिलो रुपमा अभिव्यक्तिएकी छिन् शशि आफ्नो काव्य मसीमा । प्रेमलाई बैगमबेली फुल्ने मधुमास ठम्याउ‘दै उनी बोल्छिन् — ‘ आऊ हामी हाम्रै ओठका पूmल हेरौं , अनौठो विस्मृतिमा प्रवेश गरौं , जहॉ म तिमी र हाम्रो प्रेम मात्र होस् , प्रेममा तिमीले दिएको गुलाफ , फिका लाग्छ कहिले काहीं , मैले दिएको सुनगाभा , सुगन्धविहीन हु‘दै वैलाउ‘छ कहिले काहीं । ’ प्रतिकात्मक यी पदाहार एकादशी कै फलाहारजस्तो छ । विभिन्न शीर्षकभित्र काव्यात्मक शक्ति बोकेर कलात्मक व्यञ्जनामा रमरमाएका चोटिला बिम्बमा बिम्बित केही पङति हेरौं —‘ निस्तब्ध धर्तीबीच तिम्रा मुदु बोली । मधुर मुस्कान नागवेली हेराइ । लयदार स्पर्शमा अङ्गअङ्ग बजिरह‘दा, समर्पणका धुनहरु प्रतिध्वनित भैरहन्थ्यो , ठोक्किंदै पहाडी छातीहरुमा , अधरका खोचहरुमा । लाटो भैदिन्थ्यो चेतना ,वातावरण लठ्ठिए जस्तै, मग्मगाएर संपूर्ण अङ्ग , वासन्ती पूmल फक्रिने गर्थे हामी भित्र ।। ’ यी माथिका कलापूर्ण अभिव्यञ्जनाले शशिको कवित्वको मधुपर्क मजैले पान गर्न पाइन्छ गानस‘गै ।

शशि आफ्नो बकपत्र अर्थात् साक्षीको बयान भएको कागतमा आत्मिक , हार्दिक, निस्पृह प्रेमको वकालत वरिष्ठ अधिवक्ता भएरै छेडिदिएकी छिन् । उनी प्रणय — चेतलाई अमृत जस्तै अमर तत्व , कैलासझैं परमानन्द धाम , आत्मतत्वको चुरो , मधुमासको पुष्पोद्यान , राधाकृष्णको नमुना संबन्ध , सुखदुःखको सङ्गमबिन्दु, नरेन्द्र दाइकी गौरीमा रुपान्तरण गर्न े अभीष्टताबाट उत्प्रेरित छिन् । ‘मानवताको दोश्रो नाम प्रेम हो’ , भन्ने बुध्द वाणीसित एकाकार हुन मन पराउने पण्डित , ‘प्रेम धर्मको मुटु हो , स्वर्गको श्रेष्ठतामा शान्तिपूर्ण घर हो । ’ यो जिसस क्राइस्टका चरणलाई पनि प्रेमको बकपत्रमा वरण गरेकी छिन् शशिले । प्रेमलाई क्षणिक शारीरिक उन्मादको नीच बुभुक्षा तृप्त गर्ने साधन बनाउनेहरुप्रति थापा मापाको भएर कविताको झ‘टारो हान्न निर्भीक हु–नु भएको छ ।
जस्तै —ः परिकीर्तित तिम्रा माया , बेमौसमी पूmल बन्छ भने ।
किन खोज्दैछौ मायाका आवृत्तिहरु ? नारामा मात्र सीमित , तिम्रा ती प्रेमका बकपत्रहरु, ।, भो ,इजलासमा नपठाउ‘ अब , मनको न्यायाधीशले गलत निर्णय गर्नेछ ।
+
देखाउने र गर्ने मायामा , तिमी हात्तीका दॉत झैं रहेछ सायद ।
म दिग्भ्रमित छु आज , तिम्रो विकृत रुपमा ।। यी बेजोड शिल्पमा सजिएका पङ्तिहरुमा अभिव्यक्तिको तीखो स्पर्श छ , भावको गाम्भीर्यता र प्रेमको पुनर्परिभाषा भेट्टाइन्छ । कवयित्री शशि — कृष्ण , कन्फ्युसियस , ताओ , शिव , सीता , मीरा बाई ,राधा , पार्वती जस्ता पात्रहरुको प्रेमिल दैनिकीलाई अनुवादमा देख्न चाहन्छिन् । स्पष्ट अभिव्यक्तिमा , नारी संवेदनशीलताको दीप्ति दिंदै , आवेग र संवेगको बाढीमा उर्लने प्रेमभन्दा विवेक र समझमा हुर्कने प्रेमलाई कसी , मसी तथा दसीको रुपमा हेर्ने कोसिस छ शशिको ।
प्रेमलाई मूल विषयवस्तु बनाएर शब्द– शब्दमा भावको ऊर्जा चढाई कलापूर्ण अभिव्यक्ति दिएकाले कविताको शीर्षक र संरचना सार्थक भएको छ । अन्तरलयात्मकता र पातलै भने पनि अनुप्राशीय संयोजनले गर्दा कविताले गति पाएको छ । बिम्व , प्रतीक र अलङ्कारमा खुल्ने उनको ईप्सा समय क्रममा अझ उद्दीप्त हुने लक्षण देखाउ‘छन् उनका कविताले । कविले पाठकसमक्ष कवितालाई उपस्थित गराउने तागत दृष्टिविन्दुमा खर्चिएको हुन्छ । यहॉ शशिले प्रथम पुरुषकै दृष्टिविन्दुको घनत्व दिएर कविता चोटिला बनाउने चेष्टा गरेकी छिन् । त्यसैले त आधुनिक निबन्ध लेखनका हस्ताक्षर युवराज नयॉघरे शशिको मसीमा निथ्रुक्क भिज्दै भन्छन् — ‘प्रणयबिन्दु समातेका शशिका कविता कोमल , मर्मपूर्ण र काव्यिक छन् ।’ अर्का महाकाव्यकार भुवनहरि उनको कवितासिन्धुमा डुबेर यस्तो अनुभूति प्रकट गर्दछन् —‘ शशि नारी संवेदनाकी धनी कवि हुन् । स्पष्ट अभिव्यक्ति र निर्भीकताले उनको कलमको ऊर्वरत्व मापन गरेको छ । यसै क्रममा प्रा. गार्गी उनको काव्याकाशमा विचरण गरेर निक्र्याेल गर्छिन् —‘ शशिले प्रेमको मर्म र गहिराइ नबुझ्ने हृदयहरुलाई त्यसको परि–चय दिने सचेत कोसिस गरेकी छिन् ।’ त्यसै गरी साहित्यकार बाजुरामले शशि थापा पण्डितको चिनारी उघारिएिका छन् भने अनेसास नेपाल च्याप्टरका अध्यक्ष वरिष्ठ वाङ्मयसेवी राधेश्याम लेकालीले शशिका कवितामा प्रेमको सौन्दर्य पस्किएको ,स्तरीय र सुन्दर रचना भएको स्वीकारेका छन् । मूर्धन्य काव्यहस्ती तुलसी दिवसलाई पनि शशिका कविताले प्रभाव पारेर शब्दहरुमा यसरी पोखिन पुगे —‘आत्मपरक र निजात्मक शैलीमा सूक्ष्म अनुभूति, ,संवेदनाहरु काव्यिक तरङ्गमार्फत उद्घाटित हुन पुगेका छन् ।
अन्त्यमा देवकोटाले भनेझैं ‘ प्रेमै हो सिर्जनाको, प्रथम विधि यही , विश्व आधार जान ।
प्रेमै हो दिव्यताको , मधुमय — करुणा , प्रेम हो विश्व प्राण ।। यही शाश्वत मान्यताबाट अनुप्राणित हु‘दै मानवीय प्रेमलाई कृतिभित्र भित्र्याउने जमर्को गरेकी छिन् शशिले । संसारको अस्तित्व प्रेमले नै अड्याएको उनको निक्र्योल छ । अधुनातन बिम्ब र प्रतीकमा चोटिलो अभिव्यक्ति दिएर कतै सूक्तिपरक , कतै अनुभूतिमूलक र सूत्रात्मक रुपमा पोखिने कवि— मेधा पारखिलो छ । दैहिक तृष्णालाई प्रेमको कठघरामा उभ्याउने रतिरागीहरुलाई कविताले बौध्दिक रुपमा वैचारिक थप्पड कसेको छ । समग्रमा भन्नु पर्दा शशि काव्यिक कसीमा खरो उत्रन क्षमता बनाइकी नेपाली गद्य कविता आकाशकी बिजुली हुन् ।
समाप्तम् ! समाप्तम् !

[email protected], धादिङ बेंसी बीच बजार सुगम टोल,