गरिबसँग विश्वेश्वर कार्यक्रमका सहजकर्ताको जागिर १ वर्षका लागि थपियो धादिङमा गजुरी,नेत्रावती डवजोङ,वेनिघाटरोराङ, सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिकामा कार्यक्रम संचालनमा

161 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । धादिङको पाँच गाउँपालिका सहित देशका ३३८ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको गरिबसँग विश्वेश्वर कार्यक्रमका सहजकर्ताको जागिर १ वर्षका लागि स्वतः नविकरण भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय मातहतमा यो कार्यक्रम धादिङमा गजुरी,नेत्रावती डवजोङ,वेनिघाटरोराङ, सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिकामा संचालनमा छ । मन्त्रालयले कार्यक्रमको सहजकर्ताका रुपमा काम गरिरहेका ५८ वर्ष मुनिका सबैको करार नविकरण गर्दै मासिक १५ हजार रुपैयाँ तलव दिन स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।

जागिर थप भएसँगै यी सहजकर्ताले सम्वन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको अधिनमा रहेर काम गर्नुपर्नेछ । यी सहजकर्तालाई पालिकाले थप जिम्मेवारी दिन सक्ने तर त्यसका लागि अतिरिक्त सेवा सुविधा पालिका आफैँले व्यहोर्नुपर्ने मन्त्रालयको परिपत्रमा उल्लेख छ ।