एमालेको संसदीय दलको बैठक बस्दै
195 पटक पढिएको

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक दुई दिन भोलि शनिबार र पर्सी आइतबार बस्ने जनाइएको छ ।
दुवै दिनका बैठकहरु दिउँसो १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।
आगामी २२ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
हिउँदे अधिवेशनमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नेपाली कांग्रेस र रास्वपाले पनि आज संसदीय दलको बैठकमा छलफल गर्दैछन् ।