अरुण चौधरीलाई पक्राउ गरिएकोमा सरकारभित्रै असन्तुष्टि
129 पटक पढिएको
काठमाडौं । उद्योगपति अरुणकुमार चौधरीलाई करिब ४० वर्षअघिको निजीकरणसम्बन्धी अनुसन्धानमा पक्राउ गरिएकोमा सरकारभित्रै असन्तुष्टि बढेको छ ।
लगानी सम्मेलनको मुखैमा प्रतिष्ठित व्यापारिक घरानामाथि गृहमन्त्रालयले सीआइबीमार्फत धरपकड गरेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आपत्ति जनाउनुभएको छ ।
महतले गृहमन्त्रीसँग समेत असन्तुष्टि पोखेको र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बुझिएको छ । डा। महतले कांग्रेस सांसदसमेत रहेका अरुण चौधरीका दाजु विनोद चौधरीसँग पनि उनको परिवारका सदस्यमाथि भएको धरपकडबाट आफू दुःखी भएको बताउनुभएको छ ।
महतले औपचारिकरूपमा चौधरीको धरपकडबारे बोल्न चाहेका छैनन् ।