संविधान र लोकतन्त्र सबल हुन जनताका समस्या र आवश्यकता राजनीतिक मुद्दा बन्नुपर्छ: गगन थापा
120 पटक पढिएको
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान र लोकतन्त्र सबल हुन जनताका समस्या र आवश्यकता राजनीतिक मुद्दा बन्नुपर्ने बताउनु भएको छ। नेपाल प्रेस युनियन महोत्तरी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
महामन्त्री थापाले अब पनि जनताका खेत खलिहान, शिक्षा, सिँचाई, रोजगारी, युवा पलायन जस्ता समुदायका समस्यालाई राजनीतिक विषय नबनाए जनतामा व्याप्त नैराश्य चिर्न र लोकतन्त्रको अनुभूति गराउन नसकिने धारणा राख्नुभयो।
संवाद यात्राका क्रममा जनताबाट उठेका सवालहरूको एकीकृत दस्ताबेज तयार गरी सम्बन्धित निकायमा प्रस्तुत गरिने जानकारी दिनुभयो।
महामन्त्री थापाले संवाद यात्राका क्रममा जानकारीमा आएका विषयलाई अबको बजेटमासमेत प्राथमिकतामा राख्न कांग्रेसले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।