वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भयो: ओली

126 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा एमालेका केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताउनुभएको छ ।

आज शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले नेपलामा हेर्दाहेर्दै कस्तो सरकार बन्यो ? भन्दै प्रश्न गर्नुभयो । वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको उहाँको आरोप थियो । उहाँले वर्तमान सरकार गैरकानूनी र बेथितिबाट चल्ने सरकार भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाउनु भयो । उहाँले सत्ता गठबन्धन हार्ने भएपछि अधिवेशन रोक्न लगाएको बताउनु भयो ।