लामो अनुसन्धानपछि अरुण चौधरीलगायतलाई पक्राउ गरेका सीआईबीको प्रष्टीकरण

110 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन महिना लामो अनुसन्धानपछि मात्रै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ ।

सीआईबीले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर लामो अनुसन्धानपछि मात्र पक्राउ गरेको बताएको हो ।

सीआईबीले हिजो व्यवसायी अरुण चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजित नारायण थापासहित तीन जनालाई पक्राउ गरेकोमा प्रहरीले अकास्मात् पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसङ्घले विरोध गरेको थियो ।

सीआईबीका अनुसार थापाले २०४३ सालको भदौ १० गते अरुण चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रवर्द्धन सम्झौता गरेका थिए । सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने हो । तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छाला जुत्ताले २६ लाख रुपैयाँभन्दा धेरै लगानी गरेको पाइएको छ । चौधरी समूहले आठ लाख रुपैयाँमात्र लगानी गरेको र सर्वसाधारणको शेयर नै नखुलाएको पाइएको सीआईबीले जनाएको छ ।