आईसीसी यू–१९ विश्वकप: अन्तिम खेलमा नेपाल भारतसँग पराजित

109 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

नेपालले भारतलाई २९८ रनको चुनौती दिएको थियो । नेपालले ९ विकेटको क्षतिमा १६५ रनमात्र बनायो ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, पहिलो विकेटका लागि ४८ रनको साझेदारी गर्ने क्रममा अर्जुन कुमालले २६ तथा दीपक बोहराले २२ रन बनाए ।