एमाले संसदीय दलको बैठक बस्दै

121 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार आज र भोलि दुई दिनका लागि दलको बैठक बस्ने छ ।

बैठक आज १२ बजेदेखि संसद् भवनमा बस्ने गिरीले बताउनुभयो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने कार्यसूची रहेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने जानकारी दिनुभयो ।

संसद्को हिउँदे अधिवेशन आगामी सोमबारदेखि बस्दैछ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।