अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

92 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । अर्घाखाँचीको ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ्ग थापाडाँडामा लु १ ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान–२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाका डेमकला बेल्वासेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पणेना–१ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते हुनुभएको छ । घाइते दुवैजनालाई उपचारका लागि सन्धिखर्क पठाएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।