रुपाको सोनाम ल्होछार सार्वजनिक

240 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

          माघ २०, काठमाडौँ । चर्चित म्हेन्दोमाया गायिका तथा नायिका रुपा एस घलेको सोनाम ल्होछार म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको आफ्नै आधिकारीक युट्युब च्यानल Rupa S Ghale Official मार्फत उक्त म्युजिक भिडियो आज शनिबार सार्वजनिक गरिएको हो ।

            निर्मल तामाङको निर्माण एवं जोन राईद्वारा निर्देशित भिडियोमा रूपालाई एरिन तामाङले साथ दिएका छन् । भिडियोको कोरियोग्राफी तथा सम्पादन निर्देशक जोन राइले नै गरेका छन् ।

         तामाङ सेलो जर्नमा गाइएको सोनाम ल्होछार गीतको शब्द संगीत रोशन फ्युबाको रहेको छ भने किर्ति तामाङ र बिना घलेको सुमधुर युगल आवाज यस गीतमा सुन्न सकिन्छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।


One thought on “रुपाको सोनाम ल्होछार सार्वजनिक

Comments are closed.