अभिनेता गौरव पहरी र श्रेणीले कसे लगनगाँठो

98 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । अभिनेता गौरव पहरी विवाह बन्धनमा बाँधिएका छन् । पहारीले आज प्रेमिका श्रेणीसँग लगनगाँठो कसेका हुन् ।

उनीहरु केही वर्षदेखि प्रेममा रहेका थिए अभिनेता गौरव र श्रेणीबिच केही अगाडि होटल र्‍याडिसनमा आयोजित एक समारोहमा इन्गेजमेन्ट भएको छ । परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले विवाह गरेका हुन् ।

गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’,‘साइँली’,‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘साइँली’ मा लगानी पनि गरेका थिए । यसवर्ष उनले अभिनय गरेका फिल्म ‘दुई कदम’ प्रदर्शनमा आएको थियो । उनी अभिनीत फिल्म नम्बरी सुन प्रदर्शनमा आउन बाँकी छ ।