निर्णायकसहित सबैको अत्यधिक माया पाएकी मेनुका ‘इन्डियन आइडल’ टप १० बाट बाहिरिइन्

97 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । मेनुका पौडेल ‘इन्डियन आइडल’ बाट बाहिरिएकी छन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् ।

इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई नेपालमा मेनुकाको निकै प्रशंसा भइरहेको छ भने त्यहाँ रहेका निर्णायक र पाहुना निर्णायकले पनि उनको निकै तारिफ गरेका छन् ।

उनी बाहिरिदा एकछिन् स्टेजमा रुवाबासी नै चलेको थियो । यता मेनुकाले भने आफ्नो यो यात्रा अन्तिम नभएर सांगितीक क्षेत्रमा अब सुरु भएको बताएकी छिन् ।