कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बुढाथोकीको निधन

75 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ । झापा अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो ।

पूर्वसामान्य प्रशासन मन्त्रीसमेत रहेका उहाँ निमोनिया, ब्लड प्रेसरमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको थियो । बुढाथोकी पञ्चायत हुँदै कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।