काँग्रेसले पार्टी कार्यालयमा आजदेखि तीन दिन झण्डा आधा झुकाउने

85 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा नेपाली काँग्रेसले पार्टी कार्यालयमा आजदेखि तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले बुढाथोकीको निधनमा आजदेखि माघ २५ गतेसम्म केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको हो ।

बुढाथोकीको निधनमा पार्टीले समुदायमा काँग्रेस अभियान समेत स्थगित गरेको छ भने महामन्त्री गगन थापाले गरिरहेको संवाद यात्रा पनि रोक्नुभएको छ ।

काँग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । साथै बुढाथोकीको निधन भएको १३ औं दिनमा झापामा शोक सभा आयोजना गर्ने पनि निर्णय गरेको जनाइएको छ ।

८० वर्षीय बुढाथोकीको सोमबार राति विराटनगरस्थित नर्सिङ होममा निधन भएको थियो ।