एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र आगामी फागुन १ गते हुने

120 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनको बन्दसत्र आगामी फागुन १ गते हुने भएको छ । अधिवेशनको अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सूचना जारी गर्दै फागुन १ गते बिहान ११ बजेदेखि बन्दसत्र सुचारु हुने जानकारी गराएका छन् ।

यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि अधिवेशन स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए ।

सोही दिन बालकोट पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसित प्रदेश र जिल्ला कमिटीका नेताहरूले छलफल गरेका थिए । अध्यक्ष ओलीले विवाद समाधान गरी बन्दसत्र अघि बढाउन सरोकारवाला दुवै पक्ष र केन्द्रीय संगठन विभागलाई निर्देशन दिएका थिए ।