बेथितिमा चलेको बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने काम गरेको छु: अर्थमन्त्री महत

99 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम सुरु गरेको बताउनुभएको छ ।

आज बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल ९इमान०ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताउनुभयो ।

अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने बताउनुभयो । उहाँले श्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले आफूले त्यही समस्या समाधानको पहल गरिरहेको बताउनुभयो । अर्थमन्त्री महतले समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको दाबी गर्नुभयो । उहाँले वाह्य क्षेत्र पनि नेपालमा लागानी गर्न सकारात्मक रहेको दाबी गर्नुभयो ।