सुशासनका लागि चालेका कदमहरू स्वागतयोग्य: जनार्दन शर्मा

108 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि चालेका कदमहरू स्वागतयोग्य रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधिसभाको बैठकमा उहाँले अहिले सरकारले भ्रष्टाचार विरोधी अभियान, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा पहल अगाडि बढाइरहेको बताउनुभयो ।

भ्रष्टाचार विरोधी अभियान र सुशासनको पक्षको पहलमा राजनीतिक रङ नदिन उहाँको आग्रह छ । ‘सुशासनको, भ्रष्टाचारको राजनीतिक रङ हुँदैन । यसलाई सुशासन स्थापना गर्न हामी सबैले साथ र सहयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ ढङ्गले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्य संयन्त्र र संरचनाहरूको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो ।

सहकारीको रकम हिनामिना सुधार र समस्या समाधानका लागि काम गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।