संघीयता बोक्नेहरूलाई प्रदेश संरचना घाँडो भयो: चित्रबहादुर केसी

90 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरूलाई पनि अहिले प्रदेश संरचना घाँडो भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले प्रदेश पार्टीहरूका नेता कार्यकर्ता थन्क्याउने थलो भए पनि मुलुक आर्थिक रुपमा चौपट भइरहेको बताउनुभयो ।

यस्तै सबैका छोराछोरी विदेश गइरहेको र उनीहरू फर्केर नआउने भन्दै भ्रष्टाचार गर्न नपर्ने पनि बताउनुभयो ।