फागुन ६ गते प्रतिनिधिसभाका सांसदहरूसंग प्रधानमन्त्रीको प्रश्नोत्तर

116 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ६ गते प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनुहुने भएको छ ।

बुधबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले फागुन ६ गतेलाई प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि समूह विभाजन भइसकेकाले समूह ३ मा रहेका सांसदहरूले फागुन २ गते दिनको ३ बजे संघीय सचिवालयका महासचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा बुझाउन आग्रह गर्नुभयो।

बैठकमा विभिन्न सांसदहरूले समसामयिक विषयमा सरकारसँग सोधेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुहुने छ ।