मनी लाउण्डरिङ विधेयक प्रतिनिधिसभाबाट पारित

99 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० पारित भएको छ ।

बुधवार बसेको बैठकले सम्पती शुद्धीकरणसम्बन्धी निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० बहुमतले पारित गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । आगामी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्रीका लागि प्रश्नोत्तर लागि फागुन २ गते दिउँसो ३ बजेभित्र सांसदहरूले लिखित प्रश्न दर्ता गराउन सभामुख घिमिरेले निर्देशन दिनुभयो ।