नेपाल प्रहरीका विभिन्न पदका लागि भर्ना खुल्यो

117 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – नेपाल प्रहरीका विभिन्न पदका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी जवानदेखि  भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो ।

१ हजार ८५६ जना प्रहरी जवान, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार खेलाडीतर्फ एट्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्नेछन् ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले  फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भइ दरखास्त दिन सक्ने कार्यालयले जनाएको छ ।