भ्यानबाट लडेर प्रहरी अधीकारीको मृत्यु

86 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं।काठमाडौंमा प्रहरीको भ्यानबाट लडेर एकजना प्रहरी अधीकारीको मृत्यु भएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गएराति सवा ११ बजे ड्यूटी सकेर फर्किँदै गरेका प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो।

प्रहरीकाअनुसार सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला बा१झ ७४१८ नम्बरको प्रहरीकै भ्यानबाट लडेर पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ।

प्रहरीले एलजीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ भने भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।