राष्ट्रपति पौडेलले दिए सोनाम ल्होसारको शुभकामना
162 पटक पढिएको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुसांस्कृतिक नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबिच आपसी सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ ।
आज तामाङ समुदायको सोनाम ल्होसारको शुभकामना दिदै राष्ट्रपति पौडेलले यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।