समृद्धिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील: प्रधानमन्त्री प्रचण्ड

105 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसारका अवसरमा शुभकामना दिनुभएको छ । आज सन्देशमा समृद्धिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको पनि बताउनुभयो । संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको प्रधानमन्त्रीको भनाइ छ ।