विधान सम्मेलनका लागि प्रश्ताव तयार पार्ने जिम्मेवारी माओवादीले दियो पदाधिकारीलाई

93 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलनका लागि प्रश्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरुलाई दिएको छ ।

शुक्रबार र शनिबार २ दिन पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो ।

बैठकमा नेताहरुबीच पार्टीको केन्द्रिय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।