एसीसी महिला प्रिमियर कपमा भुटानलाई हराउँदै नेपालको जित

121 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हराएको हो ।

६६ रनको विजयी लक्ष्य नेपालले ११औं ओभरमा पूरा ग¥यो । यो नेपालको लगातार दोस्रो जित हो ।

नेपालले पहिलो खेलमा हिजो हङकङलाई पराजित गरेको थियो ।