माओवादी केन्द्रीय समिति बैठकः प्रदेश इन्चार्जहरूद्वारा रिपोर्टिङ गर्न सुरु

93 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गर्न सुरु गरेका छन् ।

बैठकको सुरुमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले चार महिने अभियानको समीक्षात्मक रिपोर्टिङ गर्नुभएको छ ।

बैठकमा पुनले अभियानका क्रममा काठमाडौं उपत्यकामा भएका समग्र कार्यक्रम र त्यसपछिको सांगठनिक अवस्थाबारे जानकारी गराएको एक नेताले बताउनुभयो ।

उहाँले उपत्यकामा माओवादीको सांगठनिक अवस्था निकै कमजोर रहेकाले अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको छ ।

चार महिना अभियानको क्रममा उहाँले बागमती प्रदेशअन्तर्गत भूगोलमा काम गर्नुभएको थियो । सातै प्रदेशका इन्चार्जहरूको रिपोर्टिङ सकिएपछि अन्त्यमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भनाइ राख्ने कार्यसूची रहेको ती नेताले जानकारी दिनुभयो ।