माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

80 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। काठमाडौँको भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा हिजोदेखी सुरु भएको बैठकमा यसअघि भएको चार महिने माओवादी रूपान्तरण अभियानका बारेमा समीक्षा भएको छ।

आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ। फागुन १ देखि ३ गतेसम्म हुने विधान अधिवेशन अघि माओवादीले केन्द्रीय समिति बैठक राखेको हो।

गत शनिवार सम्पन्न स्थायी समितिले १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित र त्यसलाई पदाधिकारी ले टुंगो लगाएर विधान अधिवेशनमा पेश गर्ने निर्णय गरेको भोलिपल्ट केन्द्रीय समिति बैठक सुरु भएको हो।

हिजोको बैठकमा १० वटै प्रदेशका इन्चार्ज र अध्यक्षले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए। आज पनि तिनै रिपोर्टहरुमाथी छलफल हुनेछ।