वाणिज्य बैंकहरूले घटाए फागुन महिनाको ब्याजदर

74 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – वाणिज्य बैंकहरूले फागुन महिनाको ब्याजदर पनि घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएपछि बैंकहरुले साउनदेखि नै ब्याजदर घटाउँदै आएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले ब्याजदर घटाएका छन् ।

फागुन महिनाका लागि सबैभन्दा धेरै सिटिजन्स बैंकले ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९ दशमलव १५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ ।