क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट पनि जित्यो नेपालले

119 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट नेपालले जितेको छ । आजको खेल ९ विकेटले जितेसँगै तीन खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा जम्मा एक विकेट गुमाएर भेटायो ।

नेपालका अनिल साह र भीम सार्कीले शतक बनाए । दुवै खेलाडीको यो पहिलो शतक हो । अनिल साहले आफ्नो दोस्रो खेलमै शतक प्रहार गरेका हुन् । अनिल १ सय १२ रनमा नटआउट रहे । यस्तै, भीम १ सय १ रनमा नटआउट रहे । अनिलले दोस्रो खेलमा पनि अर्धशतक बनाएका थिए । एउटै खेलमा नेपालका दुई जना खेलाडीले शतक बनाएको यो पहिलो पटक हो ।

तीन खेलको शृङ्खला नेपालले यसअघि नै जितिसकेको छ । यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु शृङ्खला खेल्नेछ । यो खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ । नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते