राष्ट्रपतिलाई भेटिन् मेनुका पौडेलले

102 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल नेपाली गायिका मेनुका पौडेललाई बधाई दिनुभएको छ।

सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई धन्यवाद दिंदै सम्मानसमेत व्यक्त गर्नुभयो ।

राष्ट्रपतिले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताएको उहाँको सचिवालयले जनाएको छ ।

गायिका पौडेल यतिबेला काठमाडौंमा छिन् ।