नेपालमा गरिबीको दर घट्यो

90 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपालमा गरिबीको दर २० दशमलव २७ प्रतिशतमा झरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० को तथ्याङ्क सार्वजनिक गर्दै गरिबी दर घटेको बताएको हो ।

यसअघि तेस्रो जीवनस्तर सर्वेक्षण २०६६र६७ ले गरिबी दर २५ दशमलव २ प्रतिशत रहेको देखाएको थियो । प्रदेशका आधारमा सबैभन्दा कम गरिबी गण्डकी र सबैभन्दा बढी सुदूरपश्चिममा देखिएको छ।