कांग्रेसबाट धोका पाएको प्रधानमन्त्रीको भनाइ

80 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताउनुभएको छ ।

कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उहाँले भन्नुभयो, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उहाँले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताउनुभयो ।

केन्द्रीय कमिटीको बैठकमा उहाँले यस्तो बताउनुभएको जनाइएको छ । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” उहाँले भन्नुभयो ।