जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रको साझा सम्पत्ति हुन्: प्रचण्ड

80 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रको साझा सम्पत्ति भएको बताउनुभएको छ ।

जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिदै प्रधानमन्त्री दाहालले पहिचान, अधिकार, न्याय, मुक्ति र स्वतन्त्रता चाहने सम्पूर्ण परिवर्तनकारी नेपालीको साझा दिवस भएको बताउनुभएको छ ।

जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्नुभयो ।

जनयुद्धको २९औँ वार्षिकोत्सवको अवसरमा माओवादी प्रथम विधान सम्मेलन तर्फ लागेको उल्लेख गर्दै प्रधानमन्त्री तथा अध्यक्ष दाहालले विधान सम्मेलनले पार्टीको आन्तरिक व्यवस्थापन व्यवस्थित हुने बताउनुभयो ।