माओवादी केन्द्रको विधान अधिवेशन आजदेखि सुरु

98 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । माओवादी केन्द्रको विधान अधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अधिवेशन तीन दिनसम्म चल्नेछ ।

अधिवेशनमा देशभरका १२ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहने जनाइएको छ ।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको हो । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो ।

नेतृत्व चयनको विषयमा माओवादी नेताहरु विभाजित रहेको अवस्थामा हुन लागेको विधान अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।