माओवादी विधान अधिवेशनमा मस्यौदा विधानमाथि छलफल गर्न २० समूह बनाइयो

87 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि विधान अधिवेशन सुरू भएको छ । अधिवेशनमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न २० समूह बनाएर छुट्टाछुट्टै स्थानमा छलफल गर्ने व्यवस्था गरेको छ ।

एउटा समूहमा सहभागीमध्येबाट ५० देखि ५५ जना रहने र समूहमा भएको छलफलको निष्कर्ष टोली नेताहरुले हलमा पेस गर्नेछन् । समूहहरूले प्रज्ञाभवनको हल, नाचघर जमलको हल र पार्टी कार्यालय पेरिसडाँडामा मस्यौदा विधानमाथि छलफल गर्नेछन् ।

भोलि दिउँसो साढे १ बजेसम्म समूहमा छलफल हुनेछ भने भोलि दिउँसो २ बजेबाट बैठक सुरु हुनेछ ।

यस्ता छन् टोली नेताहरू :

समूह १ : अञ्जना विशंखे

समूह २ : अमृता थापा

समूह ३ : ओनसरी घर्ती

समूह ४ : कमला रोका

समूह ५ : काली बहादुर मल्ल

समूह  ६ : कुल प्रसाद केसी

समूह ७ : खगराज भट्ट

समूह ८ : गणेश मान पुन

समूह ९ : जयपुरी घर्ती

समूह १० : जोखबहादुर महरा

समूह ११ : नारायणप्रसाद दाहाल

समूह १२ : परशुराम तामाङ

समूह १३ : पूर्णकुमारी सुवेदी

समूह १४ : प्रह्लाद बुढाथोकी

समूह १५ : महेश्वरजंग गहतराज

समूह १६ : विश्वनाथ साह

समूह १७ : यशोदा सुवेदी

समूह १८ : शशी श्रेष्ठ

समूह १९ : सत्य पहाडी

समूह २० : हकिकुल्ला खाँ