आगामी २०८१ सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक

77 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाहरु सार्वजनिक गरेको छ।

गृह मन्त्रालयले २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको हो।

गृह मन्त्रालयले वर्षभरि हुने ५३ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ।

आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ।