एमालेको जिल्ला अधिबेशन जारी ११२ पदका लागि १८४ जनाको उम्मेदवारी, ५५ जना निर्विरोध

265 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २ फागुन । नेकपा एमाले धादिङको नयाँ नेत्तृत्व चयनका लागि सदरमुकाम धादिङबेसीमा अधिबेशनको वन्द सत्र सञ्चालन भईरहेको छ । वन्द सत्र अन्र्तगत शुरु भएको निर्वाचन कार्यक्रममा ११२ पदका लागि १८४ जनाको उम्मेदवारी परेको छ ।

पदाधिकारी अन्र्तगत अध्यक्ष पदमा अधिबक्ता भूमि त्रिपाठी र डाक्टर रामकुमार अधिकारीको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा रामकुमार आचार्य र अर्जुन श्रेष्ठ गोर्खाली, सचिवमा राधिका सापकोटा र हरिराम लोहनीको उम्मेदवारी परेको छ । यसै गरी उपसचिव खुल्लामा भक्तबहादुर लामिछाने र काजी श्रेष्ठ, उपसचिव महिलामा उर्मिला रेग्मी र खुपीकुमारी तामाङको उम्मेदवारी परेको छ ।
पदाधिकारीमा सहमती जुट्न नसकेपनि अहिले सम्म विभिन्न क्षेत्रबाट गरी सदस्यहरुमा ५५ जना निर्विरोध निर्वाचित भईसकेका छन् । अहिले सम्म निर्विरोध निर्वाचित हुनेहरुमा धुनिबेसीबाट गोपिनी खत्री र सुलोचना सुवेदी, थाँक्रेबाट नर्मदा अर्याल ,बिष्णुकुमारी राई , अप्सरा अधिकारी ,युवराज खतिवडा,रामेश्वर काकी,देवकी पौडेल , रजनी लामा रहेका छन् । गल्छीबाट, केदारनाथ खतिवडा ,षडानन्द खनाल,रामहरी थापा, केशव अधिकारी, सीता दुवाडी खनाल, कविता अधिकारी श्रेष्ठ ,बविता खतिवडा र दिलवहादुर रम्तेल रहेका छन ।
यसै गरी निर्विरोध हुनेहरुमा गजुरीबाट धनकुमारी धमला, भगवती खतिवडा योगेन्द्र कुमार बस्नेत, उर्मिला तिमिल्सिना,वेनिघाटरोराङबाट भुवन त्रिपाठी, गोविन्दप्रसाद कँडेल,फणिन्द्रराज सिलवाल, हिरादेवी रेग्मी,तुलकुमारी आले,सुधिर विसुराल सिद्धलेकबाट देवकी सिलवाल, सिता रिजाल नेपाल, र केशव सिलवाल कमल जिल्ला कमिटीको सदस्यमा निर्विरोध चयन भईसकेका छन् ।
नीलकण्ठबाट शंकर श्रेष्ठ युवा बाट र दुर्गाप्रसाद थपलिया अपाङ्गता क्षेत्रबाट ,नेत्रावती डवजङमा डालमाया तामाङ निर्विरोध भएका छन भने त्रिपुरासुन्दरीबाट सुशिला अधिकारी, प्रेम कुमार श्रेष्ठ, गोकुल अधिकारी, अर्जुनप्रसाद रिमाल, कृष्णकुमारी थापा श्रेष्ठ र राममाया पन्थ निर्विरोध भएका छन । त्यसैगरी गंगाजमुनाबाट रमेश ढकाल, बलबहादुर अधिकारी,केशव सिम्खडा,रामचन्द्र श्रेष्ठ,एन्जिला तामाङ, शान्ति घले, लालबहादुर थापा निर्विरोध भएका छन । खनियबासबाट मानवहादुर तामाङ, उर्गेनवर्ती तामाङ, प्रज्वल तामाङ, रुवीभ्यालीमा हेम थापा तामाङ र ज्वालामुखीमा सरिता श्रेष्ठ जिल्ला कमिटी सदस्यमा निर्विरोध भएका छन । अल्पसंख्यक क्षेत्रबाट आयूष प्रजा निर्विरोध भएका छन् । त्यसै गरी लेखा आयोगको अध्यक्षमा डिल्लीप्रसाद पाठक,उपाध्यक्षमा गोकर्ण दुवाडी र सचिवमा इन्द्रकुमार त्रिपाठी निर्विरोध भईसकेको निर्वाचन समितिले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।बाँकी पदका लागि मंगलबार विहान मतदान शुरु गरिने जनाईएको छ । अधिवेशनमा ५७८ जना मतदाता रहेका छन् ।