को हुन ? एमाले धादिङको अध्ययक्षमा उम्मेदवारी दिएका भूमी त्रिपाठी र डाक्टर रामकुमार अधिकारी

1154 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ ३ फागुन । नेकपा एमाले धादिङको भावी अध्यक्ष को बन्ला यो सवाल यति बेला निकै चासो र सबैको सरोकारको बिषय बनेको छ । धादिङबेसीमा जारी पार्टीको नवौं जिल्ला अधिबेशनको वन्द सत्र अन्तरगत निर्वाचन कार्यक्रममा अध्यक्ष पदका लागि अधिबक्ता भूमी त्रिपाठी र डाक्टर रामकुमार अधिकारीको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा उम्मेदवारी दिएका दुवैले आंफुले जित्ने दावी गरेपनि मतदान प्रकृयाबाट एक जनाको जित निश्चित छ । अध्यक्ष पदमा उम्मेदवारी दिएका त्रिपाठी र अधिकारी दुवै जना नेकपा एमाले धादिङको जुझारु नेताका रुपमा चिनिन्छन । अध्यक्ष पदमा उम्मेदवारी दिएका दुवै नेताको राजनैतिक यात्रा र संघर्षका यस्तो रहेको छ ।

को हुन भूमीप्रसाद त्रिपाठी
धादिङबेसीमा जारी पार्टीको नवौं जिल्ला अधिबेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका भूमि प्रसाद त्रिपाठी २०५४ सालमा नेकपा एमालेको जिल्ला सदस्य हुँदै २०६० सालमा नेकपा एमाले धादिङको सचिव उपाध्यक्ष, अध्यक्ष हुँदै २०७८ सालमा सम्पन्न पार्टीको आठौं जिल्ला अधिबेशनबाट पुन ःसर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । त्रिपाठीले नवौं जिल्ला अधिबेशनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ ।

भूमीको राजनैतिक यात्रा
गजुरीको आदर्श माध्यमिक विद्यालयबाट २०३६ सालमा अनेरास्वियूको प्रारम्भिक कमिटीबाट राजनीति यात्रा शुरु गरेका त्रिपाठी काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा अनेरास्ववियूमै बाटै नेपाल ल क्याम्पसमा स्ववियू सचिव समेत हुनुभएको थियो । जिल्ला आउनु अधि नेकपा एमाले धादिङ काठमाण्डौ सम्पर्क मञ्चमा कृयाशिल त्रिपाठी २०५४ मा नेकपा एमाले विभाजन भएपछि जिल्लाको सक्रिय राजनीतिमा लाग्नु भएको हो । २०५४ सालमा नेकपा एमालेको जिल्ला सदस्य हुनु भएका त्रिपाठी २०६० सालमा नेकपा एमाले धादिङको सचिव त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङ जिल्ला कमिटीको कार्यवाहक अध्यक्ष हुनु भएको थियो । बिक्रम सम्बत २०२३ सालमा धादिङको बेनिघाट गाउँपालिका वडा नम्वर ३ मलेखु (रिचोकटार) मा जन्मनु भएका त्रिपाठीले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक सम्मको अध्ययन पुरा गर्नु भएको छ ।
दुई वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुनुअघि त्रिपाठी साविकको नेकपा एमाले धादिङ जिल्ला कमिटिको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो । तत्कालिन पार्टी अध्यक्ष खेम लोहनी नेकपा एमालेको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएपछि त्रिपाठीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको थियो । एमाले र माओवादी अलग अलग भएपछि त्रिपाठी एमालेको अध्यक्षमा कायम हुनु भएको थियो ।
तीन दशक देखि कम्युनिष्ट राजनीतिमा सक्रिए त्रिपाठीले २०७४ सालको आम निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १ सय ५३ मत अन्तरले पराजित गरेर संसदमा प्रवेश गर्नु भएको थियो ।
नेकपा एमाले विभाजन पछि २०७९ सालमा सम्पन्न भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा त्रिपाठी पराजित हुनुभएको थियो । त्रिपाठीलाई एमालको पूर्व नेता नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले गठवन्धनको साझा उम्मेदवार बनेर हराएका हुन ।
हठी स्वभावका त्रिपाठी स्पष्ट वक्ताका रुपमा चिनिनुहुन्छ ।

को हुन डा. रामकुमार अधिकारी
२०२२ सालमा साविकको धुवाँकोट ८ मा जन्मिनु भएका डाक्टर रामकुमार अधिकारीको राजनितिक यात्रा २०३७ सालमा अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु पाँचौंको सहप्रारम्भिक कमिटीबाट सुरुभएको थियो । २०४३ सालमा चैनपुर गाउँ सक्रिय दलको सदस्य वन्नु भएका अधिकारी त्यसपछि तत्कालीन भूमिगत पार्टी मालेको इलाका नम्बर ५ कमिटी सदस्य बनेका अधिकारी २०४९ नेकपा एमालेको जिल्ला कमिटी सदस्य बन्नु भएको थियो ।
२०३८ सालबाट अमृत क्याम्पसमा अनेरास्वबियुको सचिब हुनु भएका अधिकारी नेकपा एमालेको नेतृत्वमा २०४७ पछि निरन्तर हुनुहुन्छ । एमालेको राष्ट्रिय प्रतिनिधि परिपद सदस्य,नेपाल बुद्धिजिबी परिषदको केन्द्रिय सदस्य, नेकपा एमाले स्वास्थ्य बिभागको केन्द्रिय सदस्य, शिक्षा बिभागको केन्द्रिय सदस्यको रुपमा काम गरि सक्नु भएका जिल्लादेखि केन्द्रसम्मको राजनितिक बहसमा उत्रन सक्ने बौद्धिक नेता का रुपमा चिनिनुहुन्छ ।
एमाले धादिङको अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका अधिकारीले पब्लिक हेल्थमा महाराजगञ्ज मेडिकल कलेज, चिकित्शाशास्त्र अध्ययन संस्थान, त्रिभुबन बिश्वबिद्यालयबाट विद्यावारिधि (पिएचडि) गनुभएको छ । डा. अधिकारीले समाज शास्त्रमा एमए एमफिल समेत गर्नुभएको छ ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा बिजयी हुनु भएका डा. अधिकारी केही समय वागमती प्रदेश सरकारको सामाजिक बिकास राज्य मन्त्री समेत हुनु भएको थियो । २०७९ मा भने अधिकारी प्रदेश सभा सदस्यमा पराजित हुनुभयो ।
डा। अधिकारीले राष्ट्रिय बिज्ञान तथा प्रबिधि प्रतिष्ठान बाट २०७५ सालमा नबिल बिज्ञान तथा प्रबिधि पुरस्कार पाउनु भएको थियो । राष्ट्रिय बिज्ञान तथा प्रबिधि प्रतिष्ठानले नेपालको बैज्ञानिकको सूचिमा डा. अधिकारीलाई सूचिवद्ध गरेको छ, भने भारत सरकारले समेत बैज्ञानिकको सूचिमा डा. अधिकारीको नाम उल्लेख गरेको छ ।
सि एम ए क्याम्पस, धादिङको बि सं २०५२ देखि २०५६सम्म क्याम्पस चिफ भएर काम गर्दा जिल्लामा प्राविधिक शिक्षाको सुरुवात गराएर विकासको अवधारणा शिक्षामा लागु गर्नुभएको थियो।
पूर्णकालिन राजनितिमा आउनु अघि नेपाल सरकारको चिकित्सकको रुपमा दोलखा, अछाम, कंचनपुर, मकबानपुर, सल्यान, ललितपुर, काठमाण्डौ जिल्लामा बि सं २०५७ देखि २०६५ सम्म सेवा समेत गर्नु भएको थियो । मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्सेस, काठमाण्डौमा सह प्राध्यापकको रुपमा समेत २०६८ देखि २०७५ सम्म अध्यापन गराउनु भएको थियो ।