कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

100 पटक पढिएको

सम्पादक: Dhading News

कपिलवस्तु । कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै आज बिहान बस दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ७ जना पुरुष र ३ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा कम्तीमा ३० जना घाइते भएको जनाइएको छ । घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ भने अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको बताइएको छ । बस सुरईनाका खोलाको पुल पार गर्ने बित्तिकै सडकबाट खोलामा खसेको हो ।