काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज

68 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रिय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।

बैठकमा आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकका सम्बन्धमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । केन्द्रीय कार्यालयले महासमिति बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।