एमाले धादिङ अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित

183 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,३ फागुन । नेकपा एमाले धादिङको अध्यक्षमा अधिबक्ता भूमि त्रिपाठी निर्वाचित हुनु भएको छ । धादिङबेसी स्थित पार्टी कार्यालयमा भएको निर्वाचन पश्चात सम्पन्न मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएर अध्यक्ष पदमा जित्नु भएको हो । अध्यक्ष पदका अर्का प्रत्यार्शी डा. रामकुमार अधिकारीले २३८ मत पाएर पराजित हुनुभएको छ ।

विवादका कारण दश दिन सम्म रोकिएको निर्वाचन प्रक्रिया केन्द्रले हस्तक्षेप गरेर नयाँ अध्यक्ष मण्डल बनाएपछि सुरु भएको थियो । बुधवार सम्पन्न भएको मतगणनाको अन्तिक परिणाम अनुसार जिल्ला कमिटीका अधिकांश पदाधिकारी र कार्य समिति सदस्य पनि त्रिपाठी प्यानलकै निर्वाचित भएका छन् ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा अर्जुन श्रेष्ठ गोर्खाली, सचिवमा राधिका सापकोटा र उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तवहावदुर लामिछाने निर्वाचित भएका छन् ।

पदाधिकारीले प्राप्त गरेको मत परिणाम

अध्यक्षका उम्मेदवार
भुमि त्रिपाठी ३०९
राम कुमार अधिकारी २३८
उपाध्यक्ष
अर्जुन श्रेष्ठ ३१५
रामकुमार आचार्य २३२
सचिब
राधिका सापकोटा ३३८
हरेराम लोहनी २०९
महिला उप सचिब
उर्मिला रेग्मी ३५१
खुपी कुमारी तामाङ १९६
खुल्ला उपसचिव
भक्तबहादुर लामिछाने ३४८
काजी श्रेष्ठ १९९

को हुन भूमीप्रसाद त्रिपाठी

धादिङबेसीमा जारी पार्टीको नवौं जिल्ला अधिबेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका भूमि प्रसाद त्रिपाठी २०५४ सालमा नेकपा एमालेको जिल्ला सदस्य हुँदै २०६० सालमा नेकपा एमाले धादिङको सचिव उपाध्यक्ष, अध्यक्ष हुँदै पार्टीको आठौं जिल्ला अधिबेशनबाट सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनु भएको  त्रिपाठीले नवौं जिल्ला अधिबेशनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको थियो ।

भूमीको राजनैतिक यात्रा
गजुरीको आदर्श माध्यमिक विद्यालयबाट २०३६ सालमा अनेरास्वियूको प्रारम्भिक कमिटीबाट राजनीति यात्रा शुरु गरेका त्रिपाठी काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा अनेरास्ववियूमै बाटै नेपाल ल क्याम्पसमा स्ववियू सचिव समेत हुनुभएको थियो । जिल्ला आउनु अधि नेकपा एमाले धादिङ काठमाण्डौ सम्पर्क मञ्चमा कृयाशिल त्रिपाठी २०५४ मा नेकपा एमाले विभाजन भएपछि जिल्लाको सक्रिय राजनीतिमा लाग्नु भएको हो । २०५४ सालमा नेकपा एमालेको जिल्ला सदस्य हुनु भएका त्रिपाठी २०६० सालमा नेकपा एमाले धादिङको सचिव त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङ जिल्ला कमिटीको कार्यवाहक अध्यक्ष हुनु भएको थियो । बिक्रम सम्बत २०२३ सालमा धादिङको बेनिघाट गाउँपालिका वडा नम्वर ३ मलेखु (रिचोकटार) मा जन्मनु भएका त्रिपाठीले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक सम्मको अध्ययन पुरा गर्नु भएको छ ।
दुई वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुनुअघि त्रिपाठी साविकको नेकपा एमाले धादिङ जिल्ला कमिटिको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो । तत्कालिन पार्टी अध्यक्ष खेम लोहनी नेकपा एमालेको केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएपछि त्रिपाठीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको थियो । एमाले र माओवादी अलग अलग भएपछि त्रिपाठी एमालेको अध्यक्षमा कायम हुनु भएको थियो ।
तीन दशक देखि कम्युनिष्ट राजनीतिमा सक्रिए त्रिपाठीले २०७४ सालको आम निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विश्व प्रसाद अर्याललाई २७ हजार १ सय ५३ मत अन्तरले पराजित गरेर संसदमा प्रवेश गर्नु भएको थियो ।
नेकपा एमाले विभाजन पछि २०७९ सालमा सम्पन्न भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा त्रिपाठी पराजित हुनुभएको थियो । त्रिपाठीलाई एमालको पूर्व नेता नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले गठवन्धनको साझा उम्मेदवार बनेर हराएका हुन ।
हठी स्वभावका त्रिपाठी स्पष्ट वक्ताका रुपमा चिनिनुहुन्छ ।