बालुवाटारस्थित ललिता निवास प्रकरणमा रामकुमार सुवेदीसहित १२ जना दोषी ठहर

97 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

यस्तै, राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर पनि अदालतले गरेको छ ।