एमाले जिल्ला अधिबेशनमा सिद्धलेकका रंग थपलियालाई सर्वाधिक मत

649 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ४ फागुन । नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्य रंग थपलियाले सर्वाधिक लोकप्रिय मत पाउनु भएको छ ।

थपलियाले कुल खसेको ५५० मतमा ४५४ मत पाउनु भएको हो । थपलिया पछि दोश्रो सर्वाधिक मत गायत्री खतिवडाले ४३४ तेश्रोमा बलराम कुँवरले ४२४ र चौथोमा कमलबहादुर गुरूङ ४१५ मत पाउनु भएको छ ।
कुल ५७८ मतदाता रहेको जिल्ला अधिबेशनमा विहिबार सम्पन्न मतदानमा ५५० मत मात्रै खसेको थियो ।नवौं जिल्ला अधिबेशनमा सर्वाधिक मत पाउनु हुने सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का थपलिया पार्टीका जिल्ला नेता एवम सहकारी अभियन्ता हुनुहुन्छ ।