एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी

498 पटक पढिएको

४ फाल्गुन २०८०, शुक्रबार ११:३९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी भएका छन्।

दोस्रो कार्यकालका लागि उनी अर्का प्रतिस्पर्धी डा. रामकुमार अधिकरीलाई पराजित गर्न सफल भएका हुन्। बिहीबार भएको निर्वाचनपछि भएको मतगणनामा परिणा त्रिपाठीको पक्षमा गएको हो।

त्रिपाठी जित्दै ३०९ मत प्राप्त गरे भने पराजित अधिकारीले २३८ मत प्राप्त गरेका छन्। त्रिपाठी र अधिकारीको मतान्तर ७१ रहेको छ।

यससँगै त्रिपाठी जिल्ला अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। धादिङ एमालेको निर्वाचनमा जम्मा ५७८ मतदाता थिए। जसमा ५५० मत खसेको थियो।