पेट्रोलको मूल्य बढ्यो

84 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि बढेको छ ।

गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य लिटरमा दुुई÷दुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न ठाउँअनुसार फरक हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

खाना पकाउने ग्यासको मूल्य भने यसअघि जस्तै सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ नै कायम छ । हवाई इन्धनको भाउ पनि यथावत रहेको निगमले जनाएको छ ।